आफैँ सहचालक रहेको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु

आफैँ सहचालक रहेको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु

काठमाडौंः आफैँ सहचालक रहेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गको मौवाखोलामा आज बिहान ४ बजे बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल-भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो। दाहालको घटनास्थलमै मृत्यु भएको हो।

हाल शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ। बस र बसका चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ।

जेठ २७, २०७९ शुक्रबार ०८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।