आजैबाट काठमाडौंको फोहोर उठ्ने, यस्तो छ १८ बुँदे सहमति

काठमाडौंः काठमाडौंको फोहोर आजबाट उठ्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृत र ल्याण्डफिल साइट भएको ककनी गाउँपालिका वडा नम्बर १, २ र धुनिवेंशी नगरपालिका १ र ३ का वडाध्यक्षले गए राति फोहोर उठाउने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
फोहोर उठाउन १८ बुँदे सहमति गरिएको छ। सहमतिअनुसार अब फोहोर बोकेका गाडी रातिको समयमा मात्र ल्याण्डफिल साइटमा जान पाउनेछन्। यस्तै रातिको लागि आवश्यक पर्ने पूर्वाधार बाटो र बत्तीको व्यवस्थापन तीन महिनाभित्र महानगरले गर्नुपर्नेछ।
यस्तै सिसडोल र बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरले एक महिनाभित्र व्यवस्थापन गर्नुपर्ने सम्झौता भएको छ भने दुई महिनाभित्र फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी व्यवस्थापना गर्नुपर्नेछ।
यस्तो छ महानगर, धुनिवेंशी- १ र ३ तथा ककनी- १ र २ बीच भएको त्रिपक्षीय सम्झौता
जेठ २७, २०७९ शुक्रबार ०८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।