पृथ्वी राजमार्गमा सडक भासियो, दुईतर्फी यातायात अवरुद्ध

पृथ्वी राजमार्गमा सडक भासियो, दुईतर्फी यातायात अवरुद्ध
तस्बिर: सामाजिक सञ्जाल

काठमाडौंः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा सडक भासिएको छ। साँखरस्थित ड्यामनजिक सडक भासिदा दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको छ। 

गए रातिदेखि परेको वर्षाका कारण सडकको भाग भासिएको हो। सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए। करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ।

जेठ २७, २०७९ शुक्रबार ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।