एनआइबिएल र मेगा मर्जर पक्का, शुक्रवार एमओयुमा हस्ताक्षर हुँदै

काठमाडौँ : अन्तिम समयमा आएर हिमालयन बैङ्कसँगको मर्जर भाँडिएको नेपाल इन्भेस्टमेन्ट बैङ्कले मेगा बैङ्कसँग मर्जर गर्ने भएको छ।
शुक्रवार शेयर कारोबार बन्द भएपछि दुवै बैङ्कबिच मर्जरको सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भइसकेको छ।
मर्जर पछि राखिने बैङ्कको नाम, अध्यक्ष, सिइओ र प्रारम्भिक स्वापबारे सहमति भइसकेको छ। नेपाल इन्भेस्टमेन्टका एक अधिकारीका अनुसार मर्जरपछि बैङ्कको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क राख्ने सहमति भएको छ।
अध्यक्षमा इन्भेस्टमेन्टका पृथ्वीबहादुर पाण्डे र सिइओमा पनि इन्भेस्टमेन्टकै ज्योति पाण्डे रहने छन्। अन्य सञ्चालक दुवै बैङ्कबाट प्रतिनिधित्व गर्ने छन्।
जानकार स्रोतका अनुसार सेयरमा मेगाको १०० कित्ता बराबर इन्भेस्टमेन्टको ९० कित्ता पाउने स्वाप रेसियोमा समेत सहमति भइसकेको छ।
मर्ज भएपछि यो बैङ्कको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुनेछ। हाल इन्भेस्टमेन्ट बैङ्कको चुक्ता पुँजी १८ अर्ब ३० करोड छ भने मेगाको १६ अर्ब १२ करोड रहेको छ। इ्न्भेष्टमेन्टको निक्षेप एक खर्ब ८० अर्ब रहेको छ भने मेगाको एक खर्ब ४७ अर्ब रहेको छ। इन्भेस्टमेन्टको कर्जा एक खर्ब ७३ अर्ब रहेको छ भने मेगाको एक खर्ब ५० अर्ब रहेको छ।
जेठ २६, २०७९ बिहीबार २२:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।