पेट्रोलिय पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो।
निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत रहेको आयोगले जनाएको छ।
यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा दस रूपैयाँ प्रतिलिटर भाउ घटाएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ।
जेठ २६, २०७९ बिहीबार २१:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।