चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमसहित चार जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा

चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमसहित चार जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा

 काठमाडौँ : राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। 

०७२ सालमा प्रकाशित कर्मचारी पदपुर्तिका क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाईछिपाई योग्यता नपुगेका आवेदकको दरखास्त फारामहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरेको अख्तियारको आरोप छ। 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मिति २ असोज २०७२ मा कृषि प्राविधिक र लेखापाल पदमा निवेदन आह्वान गरेको थियो। 

जेठ २६, २०७९ बिहीबार १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।