तनहुँबाट चुनाव लड्ने तयारी गरेको छु: प्रदीप पौडेल

तनहुँबाट चुनाव लड्ने तयारी गरेको छु: प्रदीप पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने बताएका छन्। स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण गर्न गठित उपसमितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सो कुराको जानकारी गराएका हुन्।  

जमिन, माटो मतदाता बुझेको तनहुँ–२ मा नै चुनाव लड्ने मेरो इच्छा छ। उनले भने, मलाई तनहुँमै टिकट दिन्छ भन्ने विश्वासमा छु। तर कतै पार्टीले निर्देशन दिन्छ भने म अन्त पनि जान तयार छु। 

गठबन्धनका कारण कांग्रेसले स्थानीय निर्वाचनमा कम सिट जितेको भन्दै कांग्रेस बलियो भएका स्थानमा टिकट वितरणको पद्धतिका कारण हारेको उनको भनाइ छ।  

गठबन्धनलाई थप कसिलो बनाएको भएको कांग्रेसले ४५० तह जित्ने दाबी गर्दै उनले भने, 'महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाट गरियो। स्थानीय तहको सुझाव लिइएन। जबरजस्त भागबण्डा गर्दा परिस्थिति जन्य तालमेल भएन। जसका कारणले महानगर र उपमहानगरको नतिजा सन्तोषजनक भएन।' 

उनले समितिले पार्टीले दिएको जिम्मेवारी अनुसार काम गरेको बताए। प्रतिवेदन तथ्यमा आधारित भएकाले पार्टीले कार्यान्वयन गर्ने र केन्द्रीय समितिमा यसबारे छलफल हुने उनले बताए। 
 

जेठ २६, २०७९ बिहीबार १६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।