बाँकेमा कारको ठक्करबाट युवतीको मृत्यु, चालक खोज्दै प्रहरी
बाँके : बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन्। गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगंज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
बा ४ च १९७५ नम्बरको कारले आज बिहान ५ बजे उनलाई पैदल हिडीरहेको बेलामा ठक्कर दिएको थियो। दुर्घटना लगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जेठ २६, २०७९ बिहीबार १४:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।