पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिङ र मुग्लिङ-नौबिसे सडकखण्ड सञ्चालनमा

काठमाडौंः गए रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहीबार मध्याह्नदेखि सडक सुचारु भएको हो।
सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे खसेको पहिरो बिहान ११ः५० बजे पन्छाइएको हो।
यस्तै इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडकखण्डको नाग्दी खोलामा खसेको पहिरो पनि पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। बुधबार राति ११ः१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ः०५ बजेबाट सञ्चालनमा आएको हो।
जेठ २६, २०७९ बिहीबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।