एमाले सांसद नवीनाको माग: जनक शिक्षा सामग्री केन्द्र खारेज गरौँ, निजीलाई जिम्मा दिऔं

एमाले सांसद नवीनाको माग: जनक शिक्षा सामग्री केन्द्र खारेज गरौँ, निजीलाई जिम्मा दिऔं

काठमाडौंः आज बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद नवीना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छिन्। बैठकको शून्य समयमा बोल्दै लामाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने बताएकी हुन्।

‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो?, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरूले पुस्तक कहिल्यै पाएनन्। यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो? सरकारले किन पैसा दिइरहने? खारेज गरौं’, उनले भनिन्।

लामाले जनक शिक्षा खारेज गरी पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिनुपर्ने पनि बताइन्। उनले भनिन्, 'हामीले वैकल्पिक उपाय खोजेर निजीलाई दिने कुरा गर्नुपर्छ अनि तुरुन्त किताब पाउने कुराको सुनिश्चित गर्नुपर्छ।’

जेठ २६, २०७९ बिहीबार १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।