आइसिसी यु-१९ महिला विश्वकप छनोट : अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

काठमाडौं : आइसिसी यु-१९ महिला टी-२० विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले मलेसिया हराएको छ।
आफ्नो अन्तिम खेल खेल्दै नेपालले आयोजक मलेसियामाथि बिहीबार २५ रनको जित हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८६ रनको योगफल तयार गरेको थियो। नेपालका लागि अन्जली विश्वकर्माले ३३ रन र आस्मा पुलामी मगरले २६ रन बनाए।
८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ६१ रन मात्र जोडेको थियो।
मलेसियाका लागि इस्ला हन्टरले २८ रन जोडिन् भने अन्य खेलाडी सस्तैमा आउट भए।
यो जितसँगै ६ अंक जोडेको नेपाल छनोटमा तेस्रो भएको छ।
जेठ २६, २०७९ बिहीबार ११:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।