सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा बिहीबार छापावाला सुन तोलामा ५०० रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा करोबार भइरहेको छ।
जेठ २६, २०७९ बिहीबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।