ट्रकले ठक्कर दिँदा धादिङमा पैदलयात्री महिलाको मृत्यु

धादिङ: जिल्लाको धुनिवेशी नगरपालिका- ६ चालिसेमा गए राति ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ। गोर्खाको गण्डकी गाँउपालिका- ५ दरबुङ घर भएकी अन्दाजी ४४ बर्षीया राममाया विकको मृत्यु भएको हो।
काठमाडौंबाट नारायणगढ तर्फ जादै गरेको ना८ख ५१७३ नम्बरको ट्रकको ठक्करबाट गए राति साढे ९ बजे, गम्भीर घाइते भएकी विकको उपचारको क्रममा ट्रमा सेन्टरमा राति साढे १० बजे, मृत्यु भएको हो।
ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जेठ २६, २०७९ बिहीबार १०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।