मेलम्चीको अस्थायी पुलमा क्षति: यातायात अवरुद्ध, मर्मत जारी

तस्बिर: देवराज सुवेदी/रासस
काठमाडौंः सिन्धुपाल्चोकको मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ। गए रातिको भीषण वर्षाका कारण ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको हो।
मेलम्ची नगरपालिका–७ र ११ जोड्ने पुलमा क्षति पुगेसँगै हाल यातायात अवरुद्ध भएको छ। अहिले मेलम्चीका नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले सो क्षेत्रको अनुगमन गरेर पुल मर्मतको काम थालिएको छ।
यस स्थानमा भएको पक्की पुल गत वर्ष असार १ गतेको बाढीले बगाएको थियो।
जेठ २६, २०७९ बिहीबार ०९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।