बाबर आजमको उदार मन: आफूले जितेको 'म्यान अफ द म्याच'को उपाधि अरूलाई नै दिए

काठमाडौंः पाकिस्तान र वेष्ट इण्डिजबीच जारी एकदिवसीय श्रङ्खलाको पहिलो खेल पाकिस्तानले जित्यो। ५ विकेटले खेल पाकिस्तानले जित्दा म्यान अफ द म्याच पाकिस्तानी कप्तान बाबर आजम चुनिएका थिए।
तर उनले उपाधि लिन मानेनन्। आफूले पाएको उपाधि उनले खुशदिल शाहलाई दिए। कप्तानले उदार मन देखाए।
खेलमा खुशदिलले उत्कृष्ट फिनिसिङ गर्दै पाकिस्तानलाई जिताएका थिए। उनले २३ बलमा एक चौका र चार छक्कासहित ४१ रन बनाएका थिए।
यता, बाबरले सोही खेलमा अर्को कीर्तिमान पनि बनाएका थिए। बाबरले हिजोको खेलमा १०३ रन बनाएका थिए। त्योसँगै दुई पटक लगातार तीन शतक प्रहार गर्ने कीर्तिमान बाबरको नाममा रहेको छ। यसअघि उनले अष्ट्रेलियाविरुद्ध लगातार दुई शतक बनाएका थिए। हिजोको शतकसँगै दोस्रो पटक लगातार तीन शतकको कीर्तिमान उनले आफ्नो नाममा बनाएका हुन्।
उनको पहिलो लगातार तीन शतक सन् २०१६ मा थियो। तीन वटै शतक वेष्ट इण्डिजविरुद्ध थियो।
जेठ २६, २०७९ बिहीबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।