पोखरीमा डुबेर बालिकाको मृत्यु

साङ्केतिक तस्बिर
महोत्तरीः जलेश्वर नगरपालिका–३ खैरामा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल सदा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ। गर्मी मौसममा तराईमा बालबालिका डुब्ने घटना अत्यधिक हुने गरेको छ।
जेठ २६, २०७९ बिहीबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।