आइएमइपेबाट ज्योति लाइफको प्रिमियम तिरे क्यास ब्याक पाइने

काठमाडौँ : आइएमई पे’ का प्रयोगकर्ताहरूले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाउने अफर सार्वजनिक गरेको छ।
जेठ २५ गते देखि सुरु भएको अफर अन्तर्गत अफर अवधिभर हरेक महिना एक जना भाग्यशाली विजेताले स्मार्ट घडी समेत पाउने विज्ञप्तिमा उल्लेख छ।
आइएमई पे मोबाइल वालेट नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एप हो।
नेपाल राष्ट्र बैङ्कको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्दै आएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्ने कम्पनीको दाबी छ।
जेठ २५, २०७९ बुधबार २१:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।