नेपाल प्रहरीका पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ : नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ।

मन्त्रिपरिषद्को यही जेठ २३ को निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई आज प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले दज्र्यानी चिह्न प्रदान गरेका हुन्। 

उनले पदोन्नति भएका प्रहरी अधिकृतबाट हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेटेर उत्कृष्ट काम हुने विश्वास व्यक्त गरे। पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकको तर्फबाट मन्तव्य व्यक्त गर्दै सुवेदीले आफ्नो वृद्धि, विवेकले भ्याएसम्म प्रहरी सङ्गठन, देश र नागरिकको सेवामा उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 
 

जेठ २५, २०७९ बुधबार २०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।