हद म्याद नराख्दा मुद्दाको चाङ लाग्छ भन्नु महिलामाथिको अविश्वास होः सांसद खातुन

काठमाडौँ : प्रतिनिधि सभा सांसद कलिला खातुनले बलात्कारको मुद्दामा हदबन्दी राख्न नहुने बताएकी छन्। आज बसेको संसदको बैठकमा बोल्दै खातुनले ‘बलात्कार विरुद्धको मुद्धामा हदम्याद नराख्दा मुद्धाको चाङ लाग्छ भनेर एक जना सांसदले भन्नुभयो,’उनले भनिन्, ‘यो भनेको महिला माथिको अविश्वास हो। हदम्यादको कारण पिडितले न्याय नपाउने भन्ने हुँदैन हदम्याद हटाइयोस् भन्ने माग गर्दछु।’
त्यस्तै खातुनले महिलालाई विश्वास गर्न माग गर्दै पिडित महिलाले जाहेरी दिन पाउछन् छानबिन हुन्छ अदालतले जे निर्णय गर्छ सोही अनुसार प्रक्रिया अघि बड्ने भएकाले हद म्याद राख्न नहुने बताइन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा एमालेकी सांसद गंगा चौधरीले हद म्याद हटाउँदा मुद्दाको चाङ लाग्ने र न्याय सम्पादनमा समस्या हुने बताएकी थिइन्। उनी हद म्यादको विपक्षमा उभिएकी थिइन्।
संसद् बैठकमा बोल्ने अधिकांश सांसदहरुले हद म्याद हटाउनु पर्ने धारणा राखेका छन्।
जेठ २५, २०७९ बुधबार १८:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।