हाम्रा मन्त्री पद जोगाइदिन भन्दै देउवा र प्रचण्डको शरणमा परे : अध्यक्ष पराजुली

काठमाडौँ : एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीले पार्टीको निर्णय नमानेको बताएका छन्।
विद्यार्थी विशेष कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको निर्णय उल्ट्याउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको बताए।
मन्त्रीको कुर्सीमा सुपर ग्लू छ कि? पार्टीले गरेको निर्णय किन नमान्ने? उनले प्रश्न गरे। केही मन्त्री पद जोगाइदिन भन्दै प्रचण्ड र देउवाको शरण परेको उनले आरोप लगाए। पार्टीको निर्णय नमानी अन्त अन्त पदको रक्षाको लागि जानाले पार्टीको विद्रोहको आन्दोलनलाई अघि बढाउन नसकिने उनले बताए।
समाजवादीले मंगलबार अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको थियो।
जेठ २५, २०७९ बुधबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।