माधव नेपाललाई फोटोग्राफर बन्ने रहर!

काठमाडौँ : एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीको सपथ ग्रहण चल्दै थियो। कार्यक्रमका प्रमुख अतिथि थिए पार्टी अध्यक्ष माधवकुमार नेपाल।
उनी मोबाइलबाट कार्यक्रममा सहभागीहरुको फोटो खिच्न थाले। अध्यक्ष नेपालले फोटो खिचिरहेका बेला प्रचार विभाग सदस्य लेखनाथ सिकारुले अरु फोटो खिच्दिन नेपालको मोबाइल मागे।
तर नेपालले हत्तपत्त दिन मानेनन्। सिकारुले कर गरेपछि अध्यक्ष नेपालले मोबाइल दिए र मख्ख परेर पोज दिए। सिकारुले अरु फोटो खिचेर मोबाइल अध्यक्ष नेपाललाई फिर्ता गरे।
जेठ २५, २०७९ बुधबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।