गगन थापा मेयर बालेन्द्रको पक्षमा, फोहोर समस्यामा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ : स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन जटिल बन्दै गइरहेको बेला सांसद तथा कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकको शून्य समयमा बोल्दै उनले काठमाडौँको फोहोर व्यवस्थापन गर्न कतिपय कुरा सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले मात्र चाहेर सम्भव नहुने भन्दै उनले स्रोत साधन, कानुन र नियमको गाँठो फुकाउन प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्ने बताए।
काठमाडौँ क्षेत्र नम्बर ४ का सांसद रहेका उनले नगरवासीलाई स्रोतबाटै फोहोर छुट्टाउन आग्रह गरे। उनले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको आग्रहझैँ साउन १ बाट स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्टाउन आग्रह गरे।
उनले वडाका जनप्रतिनिधिहरूले समस्या समाधान गर्न साथ दिनुपर्ने समेत बताए। उनले फोहोरमुक्त काठमाडौँ बनाउन आफ्नोतर्फबाट पनि सहयोग हुने बताए।
जेठ २५, २०७९ बुधबार १२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।