एकल महिलाको हत्या, दुई जना पक्राउ

काठमाडौं : दार्चुलामा एक महिलाको हत्या गरिएको छ। शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो।
घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। घटनाको कारण भने खुल्न नसकेको उनले बताए।
खडायतको शव राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए। उनका श्रीमानको सात वर्षअघि मृत्यु भइसकेको छ। खडायतका दुई छोरी र एक छोरा छन्।
घटनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ। शङ्कास्पद एक जना फरार रहेको बताइएको छ।
जेठ २५, २०७९ बुधबार ११:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।