आज संसदमा चार वटा मन्त्रालयको बजेटमाथि छलफल

आज संसदमा चार वटा मन्त्रालयको बजेटमाथि छलफल

काठमाडौं : प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल जारी छ। आज चार वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदैछ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बुधबार कृषि तथा पशुपक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुनेछ।

सो छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

यसअघिका बैठकमा कानुन न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि  छलफल भइसकेको छ।

जेठ २५, २०७९ बुधबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।