लिङ्देनले तोके राप्रपाका पाँच विभाग प्रमुख

लिङ्देनले तोके राप्रपाका पाँच विभाग प्रमुख

काठमाडौं : राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पाँच वटा विभागमा प्रमुख तोकेका छन्। पार्टीको विधानबमोजिम लिङ्देनले विभाग प्रमुख तोकेका हुन्।

लिङ्देनले राजनीतिक विभाग प्रमुखमा बुद्धिमान तामाङ, प्रशिक्षण विभाग प्रमुखमा ध्रुवबहादुर प्रधान, संगठन विभाग प्रमुखमा डा. धवलशमशेर राणालाई मनोनयन गरेका छन्।

यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा भुवनकुमार पाठक र स्वास्थ्य विभाग प्रमुखमा प्रा.डा. रामप्रसाद उप्रेतीलाई तोकिएको राप्रपाले जनाएको छ।

जेठ २५, २०७९ बुधबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।