युएईलाई हराउँदै अष्ट्रेलिया विश्वकप नजिक

युएईलाई हराउँदै अष्ट्रेलिया विश्वकप नजिक

काठमाडौं : युएईलाई २-१ गोल अन्तरले हराउँदै अष्ट्रेलिया यही वर्ष कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको नजिक पुगेको छ।

एसियाली क्षेत्रको प्ले अफमा अष्ट्रेलियाले युएईलाई हराउँदै विश्वकप छनोटको प्लेअफ फाइनलमा पुगेको हो।

कतारमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५३औं मिनेटमा ज्याक्सनले गोल गर्दै अष्ट्रेलियालाई सुरूआती अग्रता दिलाए। ५७औं मिनेटमा काइओले बराबरी गोल फर्काउँदै युएई खेलमा फर्कियो। 

अन्तिम ६ मिनेट सम्हालिन नसक्दा युएई पराजित हुन पुग्यो। खेलको ८४औं मिनेटमा एज्दिनले गोल गर्दै अष्ट्रेलियालाई जिताए।

अष्ट्रेलियाले विश्वकपमा छनोट हुन अन्तर्राष्ट्रिय प्ले अफमा दक्षिण अमेरिकी प्रतिद्धन्द्धी पेरूसँग सोमबार प्रतिस्पर्धा गर्नेछ।

जेठ २५, २०७९ बुधबार ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।