युइएफए नेसन्स लिग : हंगरीलाई हराउँदै इटाली शीर्ष स्थानमा

काठमाडौं : युरोपियन च्याम्पियन इटालीले हंगेरीलाई २-१ गोलले हराएको छ। मंगलबार राति भएको खेलमा हंगेरीलाई इटालीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।
इटालीलाई जिताउन निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले गोल गरेका थिए। खेलको ३०औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इटालीले सुरूआती अग्रता लिएको थियो।
खेलको ४५औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै इटालीको पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए भने ६१औं मिनेटमा इटालीका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेका थिए।
पहिलो जितसँगै लिग ए समूह ३ को इटालीले २ खेलबाट ४ अंक जोडेर समूहमा शीर्षस्थानमा उक्लिएको छ।
जेठ २५, २०७९ बुधबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।