कार, मोटरसाइकल र ट्यांकर जुध्दा एक जनाको मृत्यु

कार, मोटरसाइकल र ट्यांकर जुध्दा एक जनाको मृत्यु

काठमाडौं : चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

पृथ्वी राजमार्गअन्तर्गत गए राति चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नम्बरको कारमा सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नंको ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार चेपाङको घटनास्थलमै मृत्यु भएको हो। ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ। चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताए।

जेठ २५, २०७९ बुधबार ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।