वायुसेवा निगमका महाप्रबन्धक पौडेल हटाइए

वायुसेवा निगमका महाप्रबन्धक पौडेल हटाइए

काठमाडौँ :  सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निगम सञ्चालक  समिति सदस्य समेत रहेका पौडेललाई पदबाट हटाउने निर्णय गरेको हो।

निगमको हित विपरीत काम गरेको भन्दै मन्त्रालयले उनलाई स्पष्टिकरण सोध्दै मन्त्रालयमा ताने थियो। 

उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेललाई निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए। एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो। 

जेठ २४, २०७९ मंगलबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।