चार दिनदेखि बेपत्ता बालिका घर छेउमै मृत फेला

सुर्खेतः चार दिनदेखि बेपत्ता सात वर्षीया बालिका मृत फेला परेकी छिन्। सुर्खेतको गुर्भाकोट नगरपालिका– ५ धारापानीकी ती बालिका गत शनिबार एक कार्यक्रममा हजुरआमासँगै गएकी थिइन्।
त्यसयता बालिका हराएकी थिइन्। बालिका घर नआएपछि परिवारले सोमबार प्रहरीमा जानकारी दिएको थियो। खोजीको क्रममा उनकै घरदेखि १०० मिटर तल मितबेतिनी भन्ने स्थानमा आज बिहान उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए।
“घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।”
जेठ २४, २०७९ मंगलबार १३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।