पोखरामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

पोखरामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

पोखराः मोटरसाइकल दुर्घटनामा पोखरामा एक जनाको मृत्यु भएको छ। सोमबार राति पोखरा–२५ हेम्जामा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा २७ वर्षीय अक्ष्यराज कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो।

सोही दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। घाइते दिलीप कुँवरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग१०प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

जेठ २४, २०७९ मंगलबार ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।