नेपालगञ्जको सात क्यासिनोमा छापा मार्दा ६ नेपाली पक्राउ

बाँकेः नेपालगञ्जका सात वटा क्यासिनोमा छापा मार्दा प्रहरीले ६ नेपालीलाई पक्राउ गरेको छ। क्यासिनो प्रवेशमा नेपालीलाई निषेध भए पनि नेपालगञ्जका क्यासिनोले नेपालीलाई जुवा खेलाउने गरेको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए।
छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः ६ जना नेपालीलाई पक्राउ गरिएको उनले बताए। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
यसअघि पनि आइतबार सोही होटलबाट सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
जेठ २४, २०७९ मंगलबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।