ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
सप्तरीः खडक नगरपालिका- ५ रञ्जितपुरमा हिजो बेलुकी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। सप्तरीको सुरुङ्गा नगरपालिका- ३ का अन्दाजी ६७ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको हो।
चौधरी सवार स१०प ४६११ नम्बरको स्कुटरलाई हिजो बेलुकी साढे ७ बजे ना६ख ६३९९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बेलुकी सवा ८ बजे मृत्यु भएको हो।दुवै सवारी साधन र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ।
जेठ २४, २०७९ मंगलबार १०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।