राप्ती हाइड्रोको आईपीओ खुला, आयोजनाबाट असर पर्न सक्ने स्थानीयले आवेदन दिन पाउने

राप्ती हाइड्रोको आईपीओ खुला, आयोजनाबाट असर पर्न सक्ने स्थानीयले आवेदन दिन पाउने

काठमाडौंः राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आईपीओ जारी गरेको छ। आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि राप्ती हाइड्रोले शेयर बिक्री खुला गरेको हो।

कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ बिक्री खुला गरेको हो।

आयोजनाले प्रभाव पार्ने रुकुमपूर्व जिल्ला र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ।

कम्पनीले रुकुमपूर्व जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी–आईआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ।

जेठ २४, २०७९ मंगलबार ०९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।