संसद् बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौंः प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। आजको बैठकमा विनियोजन विधेयकमाथि नै छलफल हुने कार्यसूचीमा उल्लेख छ।
बैठक आज साढे ११ बजे बस्नेछ। बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।
यस्तै सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित
रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।
दुर्गा पौडेलले “विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
साथै आशाकुमारी विकले “विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछिन्।
जेठ २४, २०७९ मंगलबार ०७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।