आजको मौसम: सुदूरपश्चिमबाहेक सबै प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम: सुदूरपश्चिमबाहेक सबै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशको सुदूरपश्चिक प्रदेशबाहेक सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेकाले अधिकांश भागमा वर्षाको सम्भावना रहेको हो।

यतिबेला प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जेठ २४, २०७९ मंगलबार ०७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।