आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पूरा हुने देखिएन : महासचिव पोखरेल

काठमाडौँ : एमालेका महासचिव शङ्कर पोखरेलले राजश्व वृद्धि हुने वस्तुहरुको आयात अत्यधिक भएका कारण आगामी आर्थिक वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन्। नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९–०८० को बजेटका सम्बन्धमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनले राजश्व वृद्धि हुने वस्तुहरुको धेरै आयातका कारण आगामी वर्ष राजश्व वृद्धि हुने र आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पूरा हुने वस्तुगत आधार नभएको बताए।
महासचिव पोखरेलले राजस्व वृद्धि हुने बस्तुहरुको अति धेरै आयातका कारण आगामी वर्ष राजस्व वृद्धि हुने कुनै आधार नभएपनि बजेटमा आर्थिक वृद्धिदर हुने हावादारी कुरा उल्लेख गरिएको बताए।
महासचिव पोखरेलले भने, ‘बजेटमा सपना मात्रै बाँडिएको छ। त्यसले जनतामा चरम निराशा पैदा हुन्छ। निराशाको परिणाम के हुन्छ भन्ने कुरा चाँही सहरी क्षेत्रका मतदाताले मूलधारका राजनीतिक पार्टीप्रति देखाएको असन्तुष्टिले प्रकट गरिसकेको छ भन्ने मलाई लाग्दछ। यो राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ। समग्रमा भन्नु हुन्छ भने यो व्यापारिक पूँजीवाद वा दलाल नोकरशाही पूँजीवादको हिमायतीको रुपमा प्रकट भएको छ।’
जेठ २२, २०७९ आइतबार २१:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।