साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले आफ्ना कर्मचारीलाई विद्धुतिय सवारीमा प्रोत्साहित गर्ने

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले आफ्ना कर्मचारीलाई विद्धुतिय सवारीमा प्रोत्साहित गर्ने

काठमाडौँ : विश्व वातावरण दिवसको अवसरमा साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले'इन्धन बचाउ पृथ्वी बचाउ', 'साइकल चलाऊ इन्धन बचाउ'नाराका साथ साइकल र्यालीको आयोजना गरेको थियो।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले र्यालीमा सहभागीहरूलाई इन्धन बचाउन साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले चालेका कदमहरूको विषयमा जानकारी गराएका थिए।

बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको र्याली भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको कार्यालय बालुवाटारमा पुगेर सकिएको थियो।

र्यालीमा बैङ्कका संस्थापक र सञ्चालक, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ, बैङ्कको उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय प्रमुख तथा अन्य कर्मचारी सहभागी थिए।

इन्धन खपत घटाउने समग्र देशको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले बैंकमा कार्यरत कर्मचारीहरूलाई कार्यालय आवतजावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साइकलको प्रयोग तथा हिँडेर कार्यालय आवतजावत तथा कार पुलिङ्ग गर्न उत्प्रेरित गरिरहेको बैङ्कका अधिकारीले जानकारी दिए।

जेठ २२, २०७९ आइतबार २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।