नेपाल डिस्टिलरिजले ग्रिन इनर्जीमा काम गर्ने

नेपाल डिस्टिलरिजले ग्रिन इनर्जीमा काम गर्ने

काठमाडौँ : दि नेपाल डिस्टिलरिज प्रालीले ग्रिन इनर्जीमा काम गर्ने भएको छ। उसले तीन वर्षभित्रमा ग्रिन इनर्जिको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याउने उल्लेख गरेको छ।

विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका प्रतिबद्धता सार्वजनिक गर्दै उसले आफ्ना उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरूलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भएको उल्लेख गर्दै आगामी ३ वर्षभित्रमा सत् प्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता जनाएको छ।

सन् २०३२ सम्ममा सत् प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याउने र यसका लागि वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर सप्लायर्स र विज्ञहरूसँग काम गरिरहेको उल्लेख छ।

खुकुरी रमको उत्पादक रहेको सो कम्पनीले बोतलहरू पुनः प्रयोग गर्ने र हाल उत्पादनमा प्रयोग हुने बोतलहरू सङ्कलन गर्ने इकोसिस्टमको विकास गरिरहेको उल्लेख गरेको छ। अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरू सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा अग्रसर रहेको उसले उल्लेख गरेको छ।

उसले २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइमा काम गरिरहेको छ। आगामी दिनहरूमा समेत यो सहकार्य(अभियान) जारी राख्ने उसले प्रतिबद्धता जनाएको छ।

जेठ २२, २०७९ आइतबार २०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।