लक्ष्मी बैङ्कले एक नयाँ खाता बराबर एक रुख रोप्न ल्यायो ग्रिन बचत खाता

काठमाडौँ : लक्ष्मी बैङ्कले आफ्नो वातावरण मैत्री हरित बचत खाता 'ग्रिन सेभिंग' पुनः सञ्चालनमा ल्याएको छ। ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर उसले ल्याएको यो योजनामा ग्राहकहरूले ८.०३% को उच्चतम ब्याजदर सँगै ग्रिन बैंकिङ्ग प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ्ग) निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
लक्ष्मी बैङ्कको 'एक खाता, एक रुख' को प्रतिबद्धता अनुरूप 'गो ग्रिन' अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रिन सेभिंग खाता बापत बैङ्कले एउटा रुख रोप्ने जानकारी दिएको छ। साथै ग्रिन सेभिंग खाताबाट सङ्कलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरित गृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्र र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने उसले जनाएको छ।
बैङ्कले आफ्नो ’ओरेन्ज लभ्स ग्रिन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिँदै र बैङ्कले कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिपमा सामेल भएको जनाएको छ। सो साझेदारी मार्फत बैङ्कले औपचारिक रूपमा आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू अपनाउने उल्लेख गरेको छ।
ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग माध्यम अपनाई ग्रिन बैंकिङ्गतर्फ प्रोत्साहन गर्न बैङ्कले मोबाइल मनीद्वारा कुनै पनि भुक्तानी गर्दा १०% (प्रति व्यक्ति ५० सम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था समेत गरेको जानकारी दिएको छ।
जेठ २२, २०७९ आइतबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।