प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह भेटवार्ता भएको हो।

भेटमा प्रतिनिधि सभाअन्तरगतको राज्यव्यवस्थातथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको हो। 

यसैगरि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबिच नागरिकता लगायत विचाराधिन विधेयकहरु र उपसभामुख चयनका विषयमापनि छलफल भएको बताइएको छ। 

जेठ २२, २०७९ आइतबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।