स्वीट्जरल्याण्डमा जन्मियो दुर्लभ कछुवा ’अल्बिनो ग्यालापागोस’

स्वीट्जरल्याण्डमा जन्मियो दुर्लभ कछुवा ’अल्बिनो ग्यालापागोस’
Photo: Reuters

एजेन्सी : एकदमै दुर्लभ मानिएको अल्बिनो गालापागोसको विशाल कछुवा शुक्रबार स्वीस चिडियाखानामा देखा परेको छ। लोपोन्मुख प्रजातिको संरक्षण गर्ने कार्यक्रमअन्तर्गत पश्चिमाञ्चल शहर सर्वियनको ट्रपिक्वेरियममा गत महिना दुई वटा कछुवाको जन्म भएको बताइएको छ। 

एउटा बच्चा आफ्नो आमाबुवा जस्तै कालो र अर्को भने अर्को अल्बिनो जन्मिएको समाचार संस्था रोयटर्सले जनाएको छ। समाचार अनुसार उनीहरुको लिङ्ग भने निर्धारण हुन बाँकी छ।

चिडियाखानाले सार्वजनिक गरेको एक विज्ञप्ति अनुसार ’’अल्बिनो ग्यालापागोस कछुवा विश्वमा जन्मिएको यो नै पहिलो पटक हो। अहिले यसलाई संरक्षणमा पनि राखिसकेको छ। अहिले सम्म जंगलमा पनि व्यक्तिगत रूपमा अल्बिनो देखा परेको थिएन।’’

फेब्रुअरीमा ११ मा १०० किलोग्राम ९२२० पाउण्ड० भन्दा बढी तौल भएकी एउटा कछुवाले पाँच वटा अण्डा पारेकि थिइन्। मे १ मा भने सो अण्डाबाट अल्बिनो बच्चा निस्किएको हो। त्यस्तै अर्को बच्च भने मे ५ मा निस्किएको बताइएको छ। 

भाले कछुवाको तौल भने लगभग १८० किलोग्रामको रहेको थियो। उक्त कछुवाको जोडी लगभग ३० वर्षको भएको र भर्खरै मात्र यौन परिपक्वतामा पुगेका थिए। यस प्रजातिको कछुवाको सम्भोगको सफलता दर भने लगभग २५ देखि ३५ मात्र हुन्छ। बच्चा जन्मँदा करिब ५० ग्राम तौलको हुन्छ र त्यो हातको हत्केलामा अटाउने खालको हुन्छ।

जेठ २२, २०७९ आइतबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।