बंगलादेशको डिपोमा भीषण आगलागीः ४० जनाको मृत्यु, ४ सय बढी घाइते 

बंगलादेशको डिपोमा भीषण आगलागीः  ४० जनाको मृत्यु, ४ सय बढी घाइते 

ढाका : दक्षिण पुर्वी बंगलादेशको एक निजी कन्टेनर डिपोमा आगलागी हुँदा कम्तीमा ४० मानिसको ज्यान गएको छ भने ४ सयभन्दा बढि मानिस घाइते भएका छन्। 

स्थानीय मिडियाका अनुसार चित्तागोङको सिताकुण्डस्थित डिपोमा आगलागी हुँदा सो संख्यामा मानवीय क्षति भएका हो। गए राति भएको आगलागीमा सो संख्यामा मानवीय क्षति भएको हो। 

शनिबार राती चाटोग्राम बिएम कन्टेनर डिपोमा आगलागी भएको स्थानीय मिडिया ढाका ट्रिब्युनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले समाचार उल्लेख गरेका छन्। आगलागीबाट घाइते भएकाहरूको उपचारका लागि अस्पताल पठाइएको र केही मानिसहरू गम्भीर घाइते भएको हुँदा मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। 

अस्पतालमा रगत अभाव हुँदा उपचारको लागि आवश्यक रगतको माग गरिएको छ। बीबीसीका अनुसार आगालागीको कारण हालसम्म खुल्न सकेको छैन। यद्यपि, आगलागी भएको क्षेत्रमा रसायन भण्डारण गरेर राखिएको अनुमान गरिएको छ। 

आगलागी नियन्त्रणका लागि घटनास्थलमा सेना र अग्निनियन्त्रक खटाइएको थियो। आगलागी नियन्त्रणको क्रममा पाँच अग्नी नियन्त्रकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।
 

जेठ २२, २०७९ आइतबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।