दोलखामा मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको मृत्यु
दोलखा : दोलखाको भिमेश्वर नगरपालिका–४ अनाथालय स्थित सडकमा आज बिहान भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक दोलखाको भिमेश्वर नगरपालिका–५ जिलुका अन्दाजी ३३ वर्षीय उमेश श्रेष्ठ रहेका छन्। मोटरसाइकलमा पछाडी बस्ने महिला घाइते भएकी छन्।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चरिकोट अस्पतालमा मृत्यु भएको हो। घाइते भएकी मोटरसाइकलमा पछाडी सवार श्रेष्ठकी ३२ वर्षीया श्रीमती सजिताको सोही अस्पतालमा उपचार भइरहेको छ।
चरिकोटबाट तामाकोशी तर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ५९१९ नम्बरको पिक अप भ्यान र विपरीत दिशाबाट आउदै गरेको श्रेष्ठ दम्पती सवार बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल आज बिहान साढे ७ बजे ठोक्किएका थिए। भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जेठ २२, २०७९ आइतबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।