६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य तोलामा ९७ हजार ४०० रुपैयाँ रहेको छ।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ। चाँदी आज तोलामा एक हजार दुई सय ७५ रुपैयाँ तोकिएको छ।
जेठ २२, २०७९ आइतबार ११:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।