रोहिणी खोलामा बस खस्यो: ९ जनाको मृत्यु, २३ घाइते

बुटवलः भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। आज बिहान करिब साढे ४ बजे बस खोलामा खसेर दुर्घटना भएको हो।
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो। रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीका अनुसार घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको हो।
बसमा ३२ यात्रु सवार थिए। घाइते अन्यको सोही अस्पतालहरूमा उपचार भइरहेको छ।
जेठ २२, २०७९ आइतबार ०७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।