१६ जनामा कोरोना संक्रमण पुष्टि

१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमण १६ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र सङ्क्रमण देखिएको हो। 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ११० रहेको छ। विगत २४ घण्टामा नौजना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार १२८ पुगेको छ। निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य सङ्क्रमित हुने ३७ जिल्ला पुगेका छन्। नेपालमा सङ्क्रमण दर १७.१ प्रतिशत छ। नेपालमा प्रतिदश लाखमा ३९३।४ को निधन भएको छ। आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन्। 

जेठ २१, २०७९ शनिबार १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।