४९ बलमा आठ रन बनाएर नेपाल अलआउट, सात बलमै यूएई विजयी

४९ बलमा आठ रन बनाएर नेपाल अलआउट, सात बलमै यूएई विजयी
तस्बिर: क्यान

काठमाडौंः नेपाली यू-१९ महिला टोलीले यूएईसँग लज्जास्पद हार व्यहोरेको छ। आईसीसी यू-१९ महिला टी-ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल आठ रनमै अलआउट हुँदै युएईसँग लज्जास्पद हार व्यहोरेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले आठ ओभर एक बल खेल्यो र आठ रनमै समेटियो। सबै विकेट गुमायो।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले जम्मा नौ रनको लक्ष्य पाएको थियो। त्यो पनि १२० बलमा। तर यूएईले सात बल खेलेरै लक्ष्य भेटायो। एउटा पनि विकेट गुमाएन।

नेपालका लागि स्नेहा महराले तीन रन, मनिषा रानाले दुई रन जोडिन्। किरणकुमारी कुँवर, अनु कडायत र आश्मा पुलामीले एक-एक रन जोडे।

अञ्जलीकुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, कृतिका मरासिनी, रञ्जु श्रेष्ठ, अलिशाकुमारी यादव शून्य रनमै पभेलियन फर्के।

यूएईकी महिका गौरले एक्लैले पाँच विकेट लिइन्। इन्धुजा नन्दकुमारले तीन विकेट लिइन्।

अब नेपालको दोस्रो खेल सोमबार भुटानसँग छ। मङ्गलबार थाइल्याण्ड र बिहीबार नेपालले मलेसियाविरुद्ध खेल्नेछ।

जेठ २१, २०७९ शनिबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।