आज अपराह्न रातो मच्छिन्द्रनाथको भोटो देखाइने

आज अपराह्न रातो मच्छिन्द्रनाथको भोटो देखाइने
फाइल तस्बिर

काठमाडौंः आज भोटो जात्रा। ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै छ।

आज अपराह्न ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम रहेको छ। शनिबार बिहान बुङ्गमतीबाट मच्छिन्द्रनाथको भोटो जावलाखेल ल्याएर देखाइसकेपछि पुनः बुङ्गमतीमै भोटो फर्काउने चलन छ।

रातो मच्छिन्द्रनाथको रथ जात्राको अन्तिम दिन मणि, माणिक तथा रत्न जडित भोटो सार्वजनिक रूपमा देखाउने प्रचलन छ।

आज सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ।

जेठ २१, २०७९ शनिबार १०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।