ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
तस्बिर: ओमान फुटबल संघ

काठमाडौंः ओमानको राष्ट्रिय फुटबल टोलीसँग भिडेको नेपाली फुटबल टोली पराजित भएको छ। शुक्रबार राति सम्पन्न खेलमा नेपाल ओमानसँग २-० गोलअन्तरले पराजित भएको हो।

एएफसी एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली टोली हाल कतारमा अभ्यासरत छ। सोही क्रममा नेपालले ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको हो।

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक-एक गोल गरे।

एसियन कप छनोट खेल कुवेतमा हुनेछ। नेपाल सो प्रतियोगिताको समूह 'ए' मा छ।

त्यो समूहमा घरेलु टोली कुवेतसहित, इण्डोनेसिया र जोर्डन छन्। समूह चरणका खेल जुन ८ देखि १४ सम्म चल्नेछ।

जेठ २१, २०७९ शनिबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।